समाज र विज्ञान पछाडी फर्किँदैनः गृहमन्त्री लेखक

समाज र विज्ञान पछाडी फर्किँदैनः गृहमन्त्री लेखक

केन्द्रबिन्दु
42
Shares

डडेल्धुरा । गृहमन्त्री रमेश लेखकले समाज र विज्ञान पछाडी नफर्किने बताएका छन् ।

बिहीबार डडेल्धुराको पर्शुराम नगरपालिकामा आयोजित पर्शुराम साहित्य महोत्सव उद्घाटन समारोहमा बोल्दै उनले राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका हुन् । उनले भने, ‘देशमा गणतन्त्र आइसकेको छ, केही साथीहरुले राजतन्त्र पुनस्थापना कुरा गरीरहनुभएको छ ।’

गृहमन्त्री लेखकले थप भने, ‘लोकतान्त्रिक ब्यबस्थामा अलोकतान्त्रिक राजतन्त्रमा पछाडी फर्किने सम्भावना छैन। निकै त्याग र तपस्याबाट यो ठाउँमा पुगिएको हो ,अब यो ठाउँबाट पछाडी होइन अगाडि बढ्ने हो ।’

त्यसैगरी, उनले समाजमा क्रान्तिकारी परिवर्तनको लागी साहित्यको योगदान आवश्यक रहेको भन्दै संसारमा आजसम्मको प्रगती क्रान्ती र परिवर्तनमा साहित्यको ठुलो योगदान रहेको स्मरण गरे ।

Logo