काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले संविधानमा लैगिंक समानताको व्यवस्था गरेपनि राज्यले महिलामाथि हेर्ने दृष्टिकोण परिवतर्न नभएकोमा चिन्ता व्यक्त गरेकी छन् ।
सरकारले स्वास्थ्य सचिवमा वरिष्ठ महिला सहसचिव डा. संगीता कौशल मिश्रालाई पन्छाएर डा. विकास देवकोटालाई नियुक्त गरेपछि शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले लैंगिक विभेद भएको भन्दै आपत्ति जनाएकी हुन् ।
उनले भनिन्, ‘के पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्नै नसक्ने हो ? कि महिला नेतृत्व स्विकार नगरिएको हो ?’





























प्रतिक्रिया