पाथीभरा केवलकार निर्माणमा सहज वातावरण बनाउन माओवादी सांसद देवेन्द्र पौडेलको माग

पाथीभरा केवलकार निर्माणमा सहज वातावरण बनाउन माओवादी सांसद देवेन्द्र पौडेलको माग

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पाथीभरामा केवलकार निर्माणमा देखिएको समस्या समाधान गर्न थालिएको वार्ता कहाँसम्म पुग्यो भनेर जानकारी माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद पौडेलले यस विषयमा सरकारको जवाफ खोजेका हुन् । सो क्रममा स्थानीयको संस्कृति संरक्षण गर्न उनले माग गरे ।

सांसद पौडेलले निजी क्षेत्रलाई काम गर्न तथा सहजीकरण गर्न व्यवसायीलाई प्रोत्साहत गर्नुपर्नेसमेत बताए । ‘निजी क्षेत्रलाई प्रोत्साहन गर्नु राज्यको दायित्व हो। निकै कमजोर आर्थिक अवस्थाबाट अगाडि बढिरहेका चन्द्र ढकालजस्ता व्यवसायीहरूलाई प्रोत्साहन गर्न र केवलकार निर्माण प्रक्रियालाई सहजीकरण गर्न सरकारसँग आग्रह छ’ उनले भने।

Skip This
Skip This
Logo