काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले आज सबैलाई शुभकामना व्यक्त गरे। “आज मार्च ८, अन्तर्राष्ट्रिय महिला दिवस। सबैलाई शुभकामना !” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।
आज ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ नेपालसहित विश्वभरि नै विविध कार्यक्रमका गरी एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ।
सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले नारी दिवस मनाउन थालेको हो।





























प्रतिक्रिया