लोकतन्त्र र गणतन्त्र ल्याएँ भन्नेहरुले लुटतन्त्र मच्चाइरहेका छन् -राजेन्द्र लिङ्देन

लोकतन्त्र र गणतन्त्र ल्याएँ भन्नेहरुले लुटतन्त्र मच्चाइरहेका छन् -राजेन्द्र लिङ्देन

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देश एउटा विशिष्ट स्थितीका बीच अगाडि बढिरहेको बताएका छन् ।

शनिबार पर्सामा आयोजित कार्यक्रममा उनले मुलुकमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याए भन्नेहरु आज गणतन्त्रको नाममा लुटतन्त्र मच्चाएर बसिरहेको बताएका हुन् । उनले भने, ‘मुलुकमा प्रजातन्त्र ल्याए, लोकतन्त्र ल्याए, गणतन्त्र ल्याए भन्नेहरु आज गणतन्त्रको नाममा लुटतन्त्र मच्चाएर बसिरहेका छन् । उनीहरु देशभित्रै रोजगारी सिर्जना गर्ने, देशभित्रै युवाहरुले गरिखाने वातावरणको निर्माण गर्ने दिशामा होइन् देशका उद्योग धन्दाहरु समेत बन्द गरेर कमिशन खाने र युवाहरुलाई विदेश जान बाध्य बनाउने काममा निरन्तर लागिरहेका छन् ।’

साथै उनले आज देशको जति राजश्व छ, जति आम्दानी छ त्यसले कर्मचारीलाई तलब दिन समेत पुग्न नसकेको बताए । उनले कर्मचारीहरुलाई तलब खुवाउनकै लागि विदेशीहरुबाट ऋण लिनुपरेको अवस्था रहेको बताए ।

उनले भने, ‘नेपाली जनताले र राजा स्वयंले पनि आज भन्दा झण्डै दुई दशक अगाडि देशको भलो हुन्छ होला, देशको प्रगति हुन्छ होला । जनताले सुख पाउने र समृद्धि पाउने दिन आउँछ होला भनेर दलहरुलाई देश जिम्मा लगाएको थियो । तर देश कुन अवस्थाबाट अगाडि बढिराखेको छ ? आज देश देशको जति राजश्व छ, आम्दानी छ त्यसले कर्मचारीलाई तलब दिन समेत पुगिरहेको अवस्था छैन । तलब खुवाउनैकै लागि विदेशिहरुबाट ऋण लिनुपरेको अवस्था छ ।’

Skip This
Skip This
Logo