प्रधानमन्त्रीले आज सुदूरपश्चिम प्रदेश सभामा सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज सुदूरपश्चिम प्रदेश सभामा सम्बोधन गर्ने

केन्द्रबिन्दु
39
Shares

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम जाने भएका छन् । प्रधानमन्त्री ओलीले धनगढी पुगेर प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

त्यस अघि बिहान ११ बजे कञ्चनपुरको महेन्द्रनगरमा हुने दीक्षान्त समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री सम्बोधन गर्ने बैठकका लागि सबै प्रबन्ध मिलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

त्यसपछि भने धनगढी उपमहानगरपालिका-८ मा निर्माण गरिएको सिटी हल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

Skip This
Skip This
Logo