‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’ -सांसद विश्वकर्मा

‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’ -सांसद विश्वकर्मा

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने भन्दै जनआन्दोलनको बलमा स्थापित वर्तमान व्यवस्थालाई सबल तुल्याउन आवश्यक भएको बताएका छन् ।

राष्ट्रियसभाको आजको विशेष समयमा सांसद विश्वकर्माले केही व्यक्तिले राजालाई डोर्याएर नारायणहिटी लैजाने भनेर अभिव्यक्ति दिइरहेकामा आपत्ति जनाउँदै यस्ता गतिविधिप्रति सजग हुन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले भने, “गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन ।”

सप्तरीको पूर्वी भेगका किसान वन्यजन्तु आरक्षबाट प्रभावित भएका तथा उनीहरूले लगाएको बाली आरक्षका जनावरले नष्ट गरेका भन्दै बाली संरक्षण गर्न सरोकार भएका निकायको ध्यानाकर्षण गराउँदै सांसद विश्वकर्माले प्रभावित क्षेत्रमा ‘हाइ प्वाइन्ट’ निर्माण गरी बाली संरक्षण गर्न माग गरे । “कोशी किनार क्षेत्रमा हरेक वर्ष जनताले सास्ती खेप्दै आएका छन् । हरेक रात बाली नष्ट भइरहेको छ, जङ्गली जनावारको त्रासले किसान गोठालो गर्न सक्दैनन् ,त्यसैले जनावार र किसानको बाली संरक्षणमा ध्यान दिन आग्रह गर्दछु ।”

Skip This
Skip This
Logo