पूर्वराजालाई प्रधानमन्त्री ओलीको प्रश्न- देश के भएको छ बचाउनलाई ?

पूर्वराजालाई प्रधानमन्त्री ओलीको प्रश्न- देश के भएको छ बचाउनलाई ?

केन्द्रबिन्दु
267
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक विधिअनुसार सरकार चलाउनुपर्छ भनेर सिकाउनुको सट्टा पूर्वराजा ज्ञानेन्द्र शाहले साथ माग्नु ठिक नभएको बताएका छन् ।

आइतबार सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले फागुन ७ गते पूर्वराजा शाहले गरेको सम्बोधन सुनेर छक्क परेको प्रस‌ंग सुनाउँदै यो अराजक गतिविधिले देश अप्ठ्यारोमा परेको आरोप लगाएका हुन् ।

उनले भने, ‘उहाँ संविधानको कुरा गर्नुहुन्न, कानुनको पनि गर्नुहुन्न, लोकतन्त्र, प्रणाली र प्रक्रियाको पनि कुरा गर्नुहुन्न । मलाई साथ दिनुहोस् म आउँछु, देश बचाउँछु भन्नुहुन्छ । देश के भएको छ र बचाउनुहुन्छ ?’

Skip This
Skip This
Logo