राष्ट्रियसभा अन्तर्गतका दुई वटा समितिको बैठक बस्दै, त्रिवि ऐन सम्बन्धमा छलफल गरिने

राष्ट्रियसभा अन्तर्गतका दुई वटा समितिको बैठक बस्दै, त्रिवि ऐन सम्बन्धमा छलफल गरिने

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । आज (मंगलवार) संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुई वटा समितिको बैठक बस्दैछ ।

जसअन्तर्गत बिहान ११ बजे विधायन व्यवस्थापन समितिको ५० औँ बैठक बस्ने भएको हो ।

सिंहदरवामा बस्ने बैठकमा आज बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गरिदैछ ।

यस्तै आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २६५औँ बैठक  सिंहदरबारमा बस्ने भएको छ ।  

दिनको १ बजे बस्ने आजको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।

Logo