आजको प्रतिनिधि सभामा प्रचण्डले सम्बोधन गर्ने, प्रधानमन्त्री उपस्थित नहुने

आजको प्रतिनिधि सभामा प्रचण्डले सम्बोधन गर्ने, प्रधानमन्त्री उपस्थित नहुने

केन्द्रबिन्दु
81
Shares

काठमाडौं । राजावादीहरुको पछिल्लो गतिविधि बढ्दै गएको र अहिलेको राजनीतिक घट्नाक्रमलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज (मंगलबार) प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्।

सभामा उनले कुन विषयमा बोल्ने भन्ने स्पष्ट भैसकेको छैन । स्रोतका अनुसार अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो गतिविधिलाई बढी फोकस गर्ने अनुमान गरिएको छ । त्यसको अलवा अहिलेको राजनीतिक परिस्थितिलाई पनि प्रचण्डले संसदमा उठाउने बताइएको छ ।

यसैबीच आजको संसदमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नहुने भएका छन् । प्रधानमन्त्री ओली आज विराटनगर जाने कार्यक्रम छ ।

सोमबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रचण्डले संसदलाई गर्ने सम्बोधनबारे छलफल भएको थियो । छलफलपछि प्रचण्डले सम्बोधन गर्ने तय भएको हो ।

यसअघि गत माघ २४ गते प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले प्रतिनिधि सभामा सम्बोधन गर्दा पनि प्रधानमन्त्री ओली अनुपस्थित थिए । त्यतिबेला प्रचण्डले प्रधानमन्त्री ओली उपस्थित नभएकोमा गुनासो गरेका थिए ।

‘संसदीय लोकतन्त्रको परम्पराअनुुसार सत्तापक्षको तर्फबाट बोल्दा प्रधानमन्त्रीजीले सम्बोधन गर्दै गर्दा प्रमुख प्रतिपक्षी दलका नेताहरू उपस्थित रहनु र प्रमुख प्रतिपक्षी दलको नेताले सम्बोधन गर्दा प्रधनमन्त्री उपस्थित रहने परम्परा छ’ प्रचण्डले भनेका थिए ।

Logo