काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले भनेका छन्, ‘लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुन सक्दैन। त्यो सबैले बुझेका छन्। जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको होइन। जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन, राजासहितको लोकतन्त्र खोजेको हो’
उनले थप भनेका छन्, ‘लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र, सिन्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प खोजेको हो। मर्यादित र जवाफदेही लोकतन्त्र खोजेको हो। राजासहितको प्रजातन्त्र विश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिन्छ। बेलायत, जापान, नर्वेलगायतका कैयौँ मुलुक त्यसको ज्वलन्त उदाहरण हुन्। जनताले चाहेको त्यस्तै प्रजातन्त्र हो। त्यसैले सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन।’
आइतबार पोखराबाट एक हप्ताको भ्रमणपछि काठमाडौँ फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको प्रदर्शनमा अध्यक्ष थापा पनि सहभागी थिए ।































प्रतिक्रिया