संग्रहालयमा थन्किएको राजतन्त्र फर्किने सपना नदेखे हुन्छ -महेश बर्तौला

संग्रहालयमा थन्किएको राजतन्त्र फर्किने सपना नदेखे हुन्छ -महेश बर्तौला

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । सत्तारूढ दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संग्रहालयमा थन्किसकेको राजतन्त्र फर्किने सपना देख्न आवश्यक नरहेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले भने, ‘लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन । लोकतन्त्रको विकल्प निरकुश तन्त्र हुँदैन । संग्रहालयमा थन्किएको राजतन्त्रले फेरि पनि हुकुम प्रमाङ्गीका माध्यमबाट देश चलाउँछु भन्ने सपना देख्ने र देख्न लगाउने ?’

साथै सांसद बर्तौलाले पूर्वराजाको उक्साहटबाट अराजक गतिविधि भइरहेको पनि बताएका छन् ।

‘पूर्वराजा ज्ञानेन्द्रको नामबाट, उहाँको निर्देशन र उक्साहटबाट संविधान विपरितका कार्य भइरहेका छन् । पञ्चायतकालीन राष्ट्रिय गान गाउने, मुलुकको राष्ट्रिय गान गाउने, अवमूल्यन गर्ने काम भइरहेका छन् । पूर्वराजा स्वयंले उक्साइरहेका छन् ।’ उनले भने, ‘भारतीय जनता पार्टी र उत्तर प्रदेशका मुख्यमन्त्रीको फोटोसमेत देखियो । यो संविधानविरोधी काम हो । यसबारे म सदनको ध्यानाकर्षण गराउँछु ।’

Logo