काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोशन कार्कीले वर्तमान सरकारको नालायकीपनका कारण पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा देखिएको अहिलेको भीड जन्मिएको टिप्पणी गरेकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्ने क्रममा सांसद कार्कीले भनिन्, ‘ २५ गतेको जुन भिड थियो, यो नालायक सरकारले जन्माएको भिड हो । तपाईंहरू जति सरकारमा बस्नहुन्छ यो भिड अझै बढ्दै जान्छ । अरु ७३ जिल्लाका मान्छे थपिए भने त्यो देखेर नआत्तिनुहोला ।’
त्यतिबेला लुक्ने ठाउँ अहिले नै खोजेर बस्न समेत उनको आग्रह छ ।





























प्रतिक्रिया