नयाँ जागरणका लागि माओवादी हुलाकीमार्ग केन्द्रित अभियानमा छ -अध्यक्ष प्रचण्ड

नयाँ जागरणका लागि माओवादी हुलाकीमार्ग केन्द्रित अभियानमा छ -अध्यक्ष प्रचण्ड

केन्द्रबिन्दु
24
Shares

भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा नयाँ जागरण ल्याउनका लागि हुलाकीमार्ग केन्द्रित अभियान सुरु गरिएको बताएका छन् ।

रुपन्देहीको ओमसतिया गाउँपालिका–६ मा रहेको रामजानकी जमुहानी कुटीको पोखरी सुन्दरीकरण कार्यक्रमको शिलान्यास गर्दै उनले हुलाकीमार्गका नागरिकहरु पूर्वाधार, शिक्षा स्वास्थ्यलगायतका क्षेत्रमा पछि परेको उल्लेख गर्दै नयाँ जागरणका लागि माओवादी केन्द्र हुलाकीमार्ग केन्द्रित अभियानमा रहेको बताएका हुन् ।

पूर्वाधार विकास आयोजनाअन्तर्गत रु ८८ लाखमा जमुहानीमा रहेको रामजानकी मन्दिर तथा कुटीको पोखरी सुन्दरीकरण तथा पार्क निर्माण हुँदैछ । पार्क निर्माणपछि यस क्षेत्रको पर्यटकीय विकासमा सहयोग पुग्नेमा अध्यक्ष दाहालले विश्वास व्यक्त गरे ।

Skip This
Skip This
Logo