पुरानो दल कमजोर हुदाँ राजावादी शक्तिहरुले टाउको उठाए, अब नयाँ शक्तिको खाँचो छ -डा. बाबुराम भट्टराई

पुरानो दल कमजोर हुदाँ राजावादी शक्तिहरुले टाउको उठाए, अब नयाँ शक्तिको खाँचो छ -डा. बाबुराम भट्टराई

केन्द्रबिन्दु
99
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुरानो पार्टीहरु कमजोर हुदाँ राजावादी शक्तिहरुले टाउको उठाइरहेको बताएका छन् ।

बुधबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले नयाँ युगको नयाँ कार्यभारः वैकल्पिक राजनीतिको औचित्य र आधार विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले कांग्रेस, एमाले, माओवादी सत्तामा हुँदा सबै ठिक भन्ने प्रवृत्तिले गर्दा यसैको लाभ लिएर राजावादी शक्तिहरुले टाउको उठाइरहेको बताएका हुन् ।

‘पुरानो शक्तिहरु यथास्थितीवादी भए खासगरी कांग्रेस, एमाले, माओवादी सबै सत्तामा भइरहदा सबै ठिक छ भन्ने त्यो त संसदीय खेल मात्र हो । उहाँहरुले अब समस्याहरु हल गरेर जान सक्नुहुन्न । यसैको लाभ लिएर राजावादी शक्तिहरुले टाउको उठाइरहेका छन्,’ उनले भने ।

उनले नेपालको राजनीतिक जटिल भएको भन्दै यस्तो समयमा छिमेकी मुलुकहरुले पनि आफ्नो प्रभुत्व देखाउन सक्ने बताए । उनले अब समयमा नै वैकल्पिक शिक्तिको निमार्ण गरेर देशलाई विकल्प दिनुपर्ने बताए ।

उनले भने, ‘युवाहरुमा बेरोजगारी बढेको छ असन्तुष्टी बढेको छ, दलहरु भष्ट्रचारमा चुर्लुम्भ डुबेर आशा जगाउन सकेका छैनन् । यस्तो असन्तुष्टीलाई प्रयोग गरेर आफ्नो स्वार्थ पूर्ती गर्ने शक्तिहरु क्रियाशिल छन् । हामीले राम्रो ढङगले वैकल्पिक शिक्तिको वेलैमा निर्माण गरेर देशलाई विकल्प दिन सकेनौ भने देश फेरी गम्भिर अवस्थामा जाने म खतरा देख्छु ।’

Logo