‘राजतन्त्र ल्याउँछु भन्नु असम्भव’ -उपमहासचिव पोखरेल

‘राजतन्त्र ल्याउँछु भन्नु असम्भव’ -उपमहासचिव पोखरेल

केन्द्रबिन्दु
18
Shares

कटारी । नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरेलले राजतन्त्र ल्याउँछु भन्नु असम्भव रहेको बताएका छन् ।

आज पार्टीको तेस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहनुभएका पोखरेलले लोकतन्त्र, गणतन्त्रका लागि हिजो सबै पार्टीका योगदानको स्मरण गर्दै उनले फेरि सबै मिलेर सुदृढ गणतन्त्रको रक्षा गर्नुपर्नेमा जोड दिएका हुन् । हालको अवस्थामा राजतन्त्र ल्याउँछु भन्नु समुन्द्र फर्काउँछु भनेझैँ हुने उनको भनाइ थियो ।

“हिजो महान जनयुद्ध, बृहत जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलन सबैखाले आन्दोलनको जगमा हामीले गणतन्त्र ल्याएका हौँं”, उनले भने, “हामीले निर्माण गरेको संविधानमा उल्लेखित गणतन्त्र, समावेशिता, समाजवादको उपलब्धिमाथि प्रहार भइरहेको छ ।”

Skip This
Skip This
Logo