प्रधानमन्त्री ओलीले डाके उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

प्रधानमन्त्री ओलीले डाके उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

केन्द्रबिन्दु
153
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान गरेका छन् ।

बैठक साँझ ५ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । संयन्त्रमा सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता छन्।

फागुन २५ गते आइतबार राजावादीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौंमा गरेको प्रदर्शनपछि नेपाली राजनीति तरंगित छ। यसै सन्दर्भलगायत संविधान संशोधनका विषयमा बैठकमा छलफल हुनसक्ने बताइएको छ ।

Logo