एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले यही चैत ४ गते सचिवालय बैठक बोलाइएको जानकारी दिए । सचिव डा अधिकारीका अनुसार उक्त बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुनेछ ।

बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ ।

Logo