परिवर्तनको संघारमा पुगेको देशलाई कसैले रोक्न सक्दैन, अब राजा आउँछन् -राजेन्द्र लिङ्देन

परिवर्तनको संघारमा पुगेको देशलाई कसैले रोक्न सक्दैन, अब राजा आउँछन् -राजेन्द्र लिङ्देन

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले परिवर्तनको संघारमा पुगेको देशलाई कसैले रोक्न नसक्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित मिडिया नेपालको नवाैं वार्षिकोत्सव समारोहमा उनले देश एउटा परिवर्तनको संघारमा पुगेको भन्दै एक दुई जना कसैले चाहेर परिवर्तन नरोकिने बताएका हुन् । उनले भने, ‘सबैभन्दा माथि देश छ, देशभन्दा माथि केही छैन । देश एउटा परिवर्तनको संघारमा पुगेको छ । यो अब एक दुई जना कसैले चाहेर रोकिने अवस्थामा छैन । त्यसकारण आफ्नो आस्थालाई केन्द्रमा राखेर आउन खोजेको परिवर्तनलाई, जनताको भावनालाई अन्देखा गर्ने र दुर्घटनातर्फ लाने काम कसैले गर्नु हुँदैन । यो रोकिनेवाला छैन । त्यसकारण गलत प्रचार गर्ने र समाजमा भ्रम सिर्जना गर्ने भन्दा पनि समाधानका सुझावहरु दिनुपर्छ ।’

यसको साथै, उनले राजसंस्था र प्रजातन्त्र एकअर्काका विरोधी र विकल्प नभएको भन्दै राजसंस्था र प्रजातन्त्र सँगै जान सक्ने बताए । उनले भने, ‘नेपालमा राजासहितको प्रजातन्त्र चाहिन्छ भन्ने पार्टीको अध्यक्ष भएको नाताले आज सबैको उपस्थितीमा के आग्रह गर्न चाहान्छु भने राजसंस्था र प्रजातन्त्र एकअर्काका विरोधी र विकल्प होइन । राजसंस्था र प्रजातन्त्र सँगसँगै जान सक्छ, राजा र प्रजातन्त्र सँगै जान सक्छ ।’

Skip This
Skip This
Logo