प्रचण्डको नजरमा पूर्वराजा शाह- ‘दरबार हत्याकाण्डको मास्टरमाइन्ड र मूर्ति चोर’

प्रचण्डको नजरमा पूर्वराजा शाह- ‘दरबार हत्याकाण्डको मास्टरमाइन्ड र मूर्ति चोर’

केन्द्रबिन्दु
117
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लोसमय पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतामाथि कटाक्ष गरेका छन् ।

माओवादी केन्द्र मेलम्ची नगर समिति, सिन्धुपाल्चोकको नगर सम्मेलन तथा जागरण सभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पूर्वराजामाथि दरबार हत्याकाण्डको मास्टरमाइन्डदेखि मूर्ति चोरको समेत आरोप लगाएका हुन् । विदेशीका एक दुई वटा फोटो टाँसेर प्रचार गरेकै भरमा राजतन्त्र फर्किन्छ भन्ने दिवास्वप्न मात्रै रहेको उनको भनाई छ ।

उनले भनेका छन्,’जुन नौटङ्कीहरू देखाइँदै छ । राजा महाराजको बारेमा, २५० वर्षसम्म राजा महाराजाले यो देशलाई कहाँ पुर्‍याए ? नेपाली जनताले बिर्सेको छ ? मूर्ति चोर को हुन् ? नेपालका ठुलठुला मूर्ति चोरहरु अहिले राजा ! भाइमारा को हो ? भाइमारा को हो ? आफ्नै वंश मास्नेले अहिले फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्स्यो भन्ठानेको ? मैले पहिलो चोटि प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एक पटक छानबिन गर्नुपर्नेछ भनेको थिएँ । मैले त्यतिबेला ५ वर्ष शासन गर्न पाएको भए म फेरि एक पटक छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो ।’

Logo