काठमाडौं । काठमाडौंको त्रिचन्द्र कलेजमा तालाबन्दी गरिएको छ।
नेविसंघको देउवा निकट गुटले गेटमा तालाबन्दी गर्दा कलेजका कर्मचारीहरु पनि अलपत्र परेका छन् । कर्मचारीले प्रवेश गर्न नपाउँदा दैनिक प्रशासनिक काम पनि ठप्प भएको छ ।
निर्वाचन बुथ बनाउन कर्मचारी र निर्वाचन समितिका व्यक्तिहरु कलेज हाताभित्र प्रवेश गर्न पाएका छैनन् । अनेरास्ववियुलगायत अन्य दलनिकट विद्यार्थी संगठनले तालाबन्दीको विरोध गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।





























प्रतिक्रिया