काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरेले भूमिसम्बन्धी अध्यादेश अब अध्यादेशको रुपमा आउने सम्भावना समाप्त भएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बाहिर सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले त्यसलाई अब परिमार्जित गरेर सबैलाई स्वीकार हुनेगरी कानुनकै रुपमा अगाडि बढाउने बताएका हुन् । उनले भने,‘भूमिसम्बन्धी अध्यादेश अब अध्यादेशको रुपमा आउने समाप्त सम्भावना भइसकेको अवस्था छ । अब त्यसलाई कसरी हुन्छ परिमार्जित गरेर सबैलाई स्वीकार हुनेगरी कानुनकै रुपमा अगाडि बढाउने हो ।’





























प्रतिक्रिया