काठमाडौं । ललितपुरको पाटन क्याम्पसमा विद्यार्थीबीच झडप हुँदा स्ववियु चुनाव स्थगित भएको छ । स्ववियुको जारी निर्वाचनमा फर्जी मतदान भएको भन्दै विद्यार्थीबीच झडप हुँदा चुनाव स्थगित भएको हो ।
दुई पक्षबीच झडप हुँदा अहिले पाटन क्याम्प परिसर तनावग्रस्त भएको छ । जसको नियन्त्रणको लागि प्रहरी लागि रहेको बताइएको छ ।
अनेरास्ववियुले फर्जी मत खसेको दाबी गरेसँगै मतदान अवरुद्ध गरेपछि झडपको सिर्जना भएको बताइएको छ । पाटन क्याम्पसमा अध्ययनरत एक विद्यार्थीका अनुसार नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबीच भएको झडप भएको हो ।
झडप भएपछि अहिले मतदान स्थगित गरी माहोललाई नियन्त्रणमा लिन प्रहरी लागि रहेको छ ।





























प्रतिक्रिया