नेपाल कमर्श क्याम्पसकाे स्ववियु सभापतिमा अनेरास्ववियुका विशाल रोकाहा विजयी

नेपाल कमर्श क्याम्पसकाे स्ववियु सभापतिमा अनेरास्ववियुका विशाल रोकाहा विजयी

केन्द्रबिन्दु
78
Shares

काठमाडौं । नेपाल कमर्श क्याम्पस मिनभवनको स्ववियु सभापतिमा नेकपा एमालेनिकट अनेरास्ववियुका विशाल रोकाहा विजयी भएका छन् ।

मंगलबार सम्पन्न मतदानमा निकटतम प्रतिस्पर्धी नेविसंघका रविन वलीलाई पाखा लगाउँदै अनेरास्ववियुका रोकाहाले सभापतिमा बाजी मारेका हुन् । उनले एक हजार ५३ मत प्राप्त गरे । वलीले ८६० मत पाए । यसैगरी अखिल क्रान्तिकारीका काशीराम जैसी (घोडासैनी)ले १७९ र अखिल समाजवादीका सलुन खड्का (रकेट)ले ५७ मत पाए ।

Logo