काठमाडौं । बानेश्वर बहुमुखी बहुमुखी क्याम्पसमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकाे प्यानल नै विजयी भएको छ ।
मंगलबार सम्पन्न मतदानमा मतदानमा १६ वर्षदेखिको नेपाल विद्यार्थी संघ (नेविसंघ)को किल्ला भत्काउँदै सभापतिमा अखिल क्रान्तिकारीका भुमिराज अधिकारी विजयी भएका हुन् । अधिकारीले १ सय ७५ मत प्राप्त गरी स्ववियु अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेवि संघका निराजन कार्कीले १४९ मत पाए ।
स्ववियु सचिवमा अखिल क्रान्तिकारीकै रविन रिजाल १८३ मतसहित विजयी हुँदा कोषाध्यक्षमा पनि अखिलकै संगीता भट्टराई १८१ मतले निर्वाचित भएकी छन् । यसैगरी सदस्यसहरुमा थानेश्वर प्रसाद पाण्डे २०६, सुजन वाइवा १६०, विवेक ठकुल्ला १५९, आयुष सिंह १८२, रोहन सिंह १६७ र सन्जीज भुजेल १५३ विजयी भए ।






























प्रतिक्रिया