प्रदेशको नाम सम्झाउने मुख्यमन्त्री कार्कीलाई बाबुराम भट्टराईको कटाक्ष- मेरो गोरूको बाह्रै टक्का नगर्नुस्

प्रदेशको नाम सम्झाउने मुख्यमन्त्री कार्कीलाई बाबुराम भट्टराईको कटाक्ष- मेरो गोरूको बाह्रै टक्का नगर्नुस्

केन्द्रबिन्दु
165
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच सामाजिक सञ्जालमा जुहारी परेको छ । विषय हो, प्रदेशको नाम ।

पार्टी कार्यक्रमका लागि सुनसरीको झुम्का पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले बिहीबार फेसबुकमा फोटो सार्वजनिक गर्दै लेखेका थिए, ‘प्रदेश १ को अभिमुखीकरण कार्यक्रमको सिलसिलामा सुनसरी झुम्कामा रंगीचंगी भेषभुसामा सजिएका थारू साँस्कृतिककर्मीहरूका साथ’ ।

भट्टराईले प्रदेशको नाम नलेखेपछि कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले उनको फेसबुक पोष्टमा कमेन्ट गर्दै लेखे, ‘आदरणीय डाक्टर साब नमस्कार । कहाँ छ हजुर प्रदेश १ ? यो प्रदेशको नाम कोशी हो है ।’

२०७९ फागुन १६ गते तत्कालीन प्रदेश १ को नाम कोशी पारित हुँदा पहिचान पक्षधरहरूले विरोध गरेका थिए । यसमा

भएको थियो । तर कोशी नाम पारित भएपछि पहिचान पक्षधरहरूले तत्कालीन प्रदेश १ को नाम पहिचानकै आधारमा राखिनुपर्ने माग गर्दै आएका छन् र यसमा नयाँ शक्तिले तिनै पहिचान पक्षधरहरूको आन्दोलनमा ऐक्यबद्धता जनाइरहँदा भ्टटराईको यो टिप्पणी आएको थियो ।

मुख्यमन्त्री कार्की जवाफ आएपछि भट्टराईले फेरि भनेका छन्, ‘जिम्मेवार दल र नेताहरूले देशको बहुलजातीय बनोट, जटील भूराजनीतिक अवस्थिति, नयाँ युगको चेतना र आवश्यकता लगायतका पक्षहरूलाई समेत ध्यान दिंदै संघीय पुनर्संरचना जस्तो संवेदनशील प्रश्नको दिगो समाधान खोज्नु श्रेयस्कर हुन्छ। मेरो गोरूको बाह्रै टक्का भन्ने हठ गर्नु हुन्न। विज्ञेषु किमधिकम्!’

Skip This
Skip This
Logo