देश र संसार बुझ्न कविता प्रभावशाली माध्यम हो -पूर्वराष्ट्रपति भण्डारी

देश र संसार बुझ्न कविता प्रभावशाली माध्यम हो -पूर्वराष्ट्रपति भण्डारी

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज विकासमा भाषा, कला र साहित्यको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै यसको संरक्षण एवं प्रवर्द्धनका ध्यान दिनुपर्ने बताएकी छन् ।

मदन भण्डारी फाउण्डेशनद्वारा आज आयोजित कवि तीर्थ श्रेष्ठको एकल कवितावाचन कार्यक्रममा उनले कविताले समाजको यर्थाथ चित्रण गर्ने बताइन् । कवि श्रेष्ठको ‘श्वेत शार्दूल एक यात्रा कविताको शिविर’ कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले आफू पहिलो पटक एकल कवितावाचन कार्यक्रममा सहभागी हुन पाएको अनुभव व्यक्त गर्दै यस्ता कार्यक्रमको निरन्तरताका लागि आयोजकको ध्यानार्कषण गराइन् ।

“समाजलाई यर्थाथ कुरा जानकार गराउने विभिन्न माध्यम हुन्छन्, कविता एउटा यस्तो प्रभावशाली माध्यम हो, जसबाट एकैछिनमा देश र संसारलाई बुझ्ने अवसर प्राप्त हुन्छ”, उनले भनिन्, “धेरै आयोजक हुनुहुन्छ, जिल्लादेखि केन्द्र र अन्तरराष्ट्रिय क्षेत्रमा यस्ता कार्यक्रम गर्न सबैले आआफ्नो तर्फबाट प्रयासलाई निरन्तरता दिनुपर्छ ।”

कवि श्रेष्ठले नेपाली जनजीवनमा गर्नसक्ने काम आफूले लेखनमार्फत गर्ने प्रतिबद्धता व्यक्त गरिन‍् ।

Logo