काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सरकारले ठिक ढंगले काम गरिरहेको दावी गरेका छन् । मन्त्री ज्ञवालीले सरकारको नौं महिने कार्यकालमा संघीयता कार्यान्वयनका लागि आधार निर्माण गरिएको स्पष्ट पारे ।
उनले यही अवधिमा सरकारले अन्तर्राष्ट्रिय र छिमेकसँगको सम्बन्धलाई प्रभावकारी बनाउन सफल भएको बताए । मौलिक हकसँग सम्बन्धित कानुन निर्माण तथा वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन पनि सरकारले महत्वपूर्ण उपलब्धि हासिल गरेको मन्त्री ज्ञवालीको दावी छ ।
बुधबार प्रदेश ५ को पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर सरकारले ३५ लाखभन्दा बढि श्रमिकहरुको हितको सुनिश्चित गरेको बताए । परराष्ट्रमन्त्री ज्ञवालीले सरकार संगठित अपराध नियन्त्रण गर्न सफल भएको दावी गरे ।





























प्रतिक्रिया