काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट सरकारले बर्खास्त गरेपछि सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि असन्तुष्टि पोखेका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट बर्खास्त गरेसँगै राजनीति वृत्त गर्माएको छ । विरोध चर्किन थालेको छ । यसैबीच कोइरालाले यसको निर्णयको स्वामित्व कांग्रेसले लिन नहुने टिप्पणी गरेका छन् ।
उनले भनेका छन्, ‘सरकारको कुशासनको निरन्तरताको अर्को कडीः कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कतिदिन चल्ने र चलाउने ? विनाशकाले विपरित वुद्धि ।’































प्रतिक्रिया