कांग्रेस महामन्त्रीद्वयलाई ज्ञानेन्द्र शाहीको चुनौती- कुलमानलाई हटाउने मन्त्रीलाई कारबाही गर्नुस्

कांग्रेस महामन्त्रीद्वयलाई ज्ञानेन्द्र शाहीको चुनौती- कुलमानलाई हटाउने मन्त्रीलाई कारबाही गर्नुस्

केन्द्रबिन्दु
162
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने उर्जामन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्कालाई सरकारबाट फिर्ता बोलाउन नेपाली कांग्रेसलाई चुनौती दिएका छन् ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि ‘गोहीको जस्तो आँसु नझार्न’ भन्दै कटाक्ष गरेका शाहीले भनेका छन्, ‘”आफै झाँक्री आफै बोक्सी ” कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माज्यू यदि साँच्चै तपाईँहरू कुलमान घिसिङलाई पुननियुक्ति गर्न चाहनुहुन्छ भने कुलमान घिसिङलाई हटाउने मन्त्रीलाई फिर्ता बोलाउनुस् र कारबाही गर्नुस् चाबी र ताला तपाईहरुकै हातमा छ। कमरेड प्रचण्डज्यू तपाईं यदि साँच्चै कुलमान घिसिङलाई पुननियुक्ति गर्न चाहनुहुन्छ भने हिजो सिहँदरबारमा गोप्य रुपमा गरिएको टिआरसी विधेयक सम्झौता कांग्रेस एमालेसँगको तोड्नुहोस । होइन भने हातिको जस्तो दुईवटा दाँत नदेखाउनुस् एउटा चपाउने एउटा लुकाउने । गोहीको जस्तो आँसु नझार्नुस्। सामाजिक सञ्जाल र सडकमा रमिता र नाटक नगर्नुस्।।’

Logo