काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दलहरूको बैठक सुरु भएको छ।
केहीबेर अघिबाट प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्तामा रहेका दलका शीर्ष नेताहरूबीच बैठक बसिरहेको हो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।
कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट सरकारले एकाएक बर्खास्त गरेपछि यतिबेला नेपाली राजनीतिक वृत्त गर्माएको छ । जनबोलीमा उज्यालो नेपालको सारथी मानिएका कुलमानलाई कार्यकाल समाप्त हुनु केही महिना अगावै हटाउने सरकारको निर्णयको सत्ताबाहिर मात्र नभई सत्ता भित्रैबाट चर्को आलोचना भइरहेको छ ।































प्रतिक्रिया