काठमाडौं । गणतन्त्रवादी र राजावादी दुई समूहले १५ चैतमा काठमाडौंमा एकैसाथ प्रदर्शन गर्ने तयारी गरेका छन् । त्यसका लागि स्थानीय प्रशासनले अलग–अलग स्थान तोकेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार गणतन्त्र पक्षधर प्रदर्शनीमार्ग–भृकुटीमण्डपको ठाउँ दिएको छ भने राजतन्त्र पक्षधरलाई प्रदर्शन गर्न तीनकुने ठाउँ तोकिएको छ ।
गणतन्त्र पक्षधरमा समाजवादी मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले प्रदर्शन गर्दैछन् । तत्काल सत्ता तलमाथि हुने सम्भावना नदेखेपछि समाजवादी मोर्चाले सडक तताउन खोजेको हो ।
यता मेडिकल व्यवसायी दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का तर्फबाट प्रदर्शन हुँदैछ । प्रसाईंले अब राजा फर्काउने निर्णायक समय आएको भन्दै आन्दोलन चर्काउने घोषणा गरिसकेका छन् ।































प्रतिक्रिया