सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी

सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । सिंहदरबारमा विपक्षी दलहरूको बैठक बसिरहेको छ ।

सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक केहीबेरअघि सुरु भएको हो । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी ढकाल, स्वर्णिम वाग्ले, महिन्द्र राय यादवलगायत सहभागी छन् ।

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकबाट बर्खास्त गरेको विरोधमा विपक्षी दल छन् । उनीहरुहरुले सडकदेखि सदनसम्म शसक्त आवाज उठाउने योजनाका साथ छलफल गरिरहेको बताइएको छ । आज दुवै सदनको बैठक बस्दैछ ।

Logo