काठमाडौं । प्रतिनिधिसभाको आजै बसेको दोस्रो बैठकमा पनि प्रतिपक्ष दलका सांसदहरुले अवरोध गरेका छन् ।
बिहान ११ बजे बसेको प्रतिनिधिसभाको बैठक प्रतिपक्ष दलका सांसदहरुको अवरोधका कारण आधा घण्टा स्थगन गरिएको थियो । तर, दिउँसो ३ बजे पछि सुरु भएको बैठकमा पनि अवरोध भएको हो ।
प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लगायतका प्रतिपक्ष दलका सांसदहरुले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेकोप्रति बैठकको सुरुमै उठेर विरोध जनाएका हुन् । उनीहरुले प्रधानमन्त्रीको जवाफ माग गरेका छन् ।





























प्रतिक्रिया