एमालेले भन्यो- ‘पूर्वराजावादीहरुको अराजक समूहको हर्कत निन्दनीय’

एमालेले भन्यो- ‘पूर्वराजावादीहरुको अराजक समूहको हर्कत निन्दनीय’

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)ले पूर्वराजावादीहरुको समूहले अराजक हर्कतको घोर भत्र्सना गरेको छ ।

शान्तिपूर्ण प्रदर्शनका नाममा सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यवसायिक भवन, सञ्चारगृह, राजनीतिक दलका कार्यालय र सरकारी भवन माथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी–जानी हिंसा र आतङ्कलाई दुरुत्साहन गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने यस्ता आपराधिक क्रियाकलाप निन्दनीय रहेको एमालेको ठहर छ ।

एमालेका महासचिव शकंर पोखरेलले एक विज्ञप्ति जारी गर्दै सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गरेका छन् । साथै आपराधिक क्रियाकलापमा सङ्लग्नहरुलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्तिसुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग गरिएको छ ।

Logo