सुरक्षा चुनौतीका कारण आरआर क्याम्पसको स्ववियु निर्वाचन स्थगित

सुरक्षा चुनौतीका कारण आरआर क्याम्पसको स्ववियु निर्वाचन स्थगित

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव स्थगित भएको छ। काठमाडौं प्रदर्शनी मार्गस्थित रहेको आरआरमा आज चुनाव हुने तय भएको थियो।

शुक्रबार भएको घटनाको कारण निर्वाचन स्थगित भएको क्याम्पस प्रमुख डा.पद्म कुमार अधिकारीले बताएका छन्।

क्याम्पस प्रमुखद्वारा जारी सूचनामा भनिएको छ,‘ १५ गतेका दिन काठमाडौको उपत्यकाको अवस्था भयावह सिर्जना भई सुरक्षाको अवस्था असामान्य भएकोले यस क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको १६ गते शनिवार हुने निर्वाचन हुन नसक्ने बेहोरा सम्बन्धित सबै सरोकार वालाहरूमा जानकारीका लागि अनुरोध गर्दै यथाशिघ्र सर्वदलीय बैठक राखी अर्को निर्वाचन मिति तय गर्ने समेत जानकारी गराइन्छ ।’

Logo