प्रतिनिधि सभाको बैठक आज बस्दै, विपक्षीको अवरोध के होला ?

प्रतिनिधि सभाको बैठक आज बस्दै, विपक्षीको अवरोध के होला ?

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेदेखि शुरु हुनेछ ।

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट बर्खास्त गरिएको विषयलाई विपक्षी दलहरुले उठाएपछि बुधबारदेखि बैठक बस्न सकेको छैन । बिहीबार र शुक्रबार पनि बैठक बस्दै नबसी स्थगित भएको थियो ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले उठाएको विषयमा सोमबार बस्ने बैठकमा जानकारी गराउने सुचना संसद सचिवालयलाई गराएको हुनाले आजको बैठक संचालन हुन दिनसक्ने बताइएको छ ।

Logo