काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले गत शुक्रबार भएको तीनकुने घटनाको सत्य तथ्य छानबिन गर्न उच्चस्तरीय नागरिक आयोग गठन गर्न माग गरेका छन् ।
आज सामाजिक सञ्जालमार्फत सांसद शाहीले घटनामा दोषी चाहे जोसुकै हुन् मान्छे मार्नेलाई उन्मुक्ति दिन नहुने बताएका हुन् । ‘सत्य तथ्य छानबिन गर्न उच्चस्तरीय नागरिक आयोग गठन गरियोस्। चाहे जोसुकै हुन् मान्छे मार्नेलाई उन्मुक्ति दिनु हुँदैन।’ उनले भनेका छन् ।
साथै उनले आन्दोलनको आँधीबेहरीका लागि तयार भएर बस्न सरकारलाई चेतावनी पनि दिएका छन्। उनी भन्छन्, ‘यो रोकेर रोकिने कुरा होइन, यो दबाएर दबिने होइन। यो जनता र समयको माग हो, दिन एक गुना रात चौगुनाका दरले आन्दोलनको आँधीबेहरी उठ्छ। सरकार तयार भएर बसे हुन्छ। कतिको हातमा हत्कडी लगाउँछौँ ?’
सरकारले शुक्रबार तीनकुने घटनामा सर्वसाधारणको घरमा लुकेर आन्दोलनकारीमाथि गोली बर्साएको आरोप पनि लगाएका छन् ।





























प्रतिक्रिया