समाजवादी मोर्चाको निष्कर्ष- तीनकुने घटनामा सरकारको कमजोरी, राजावादीबाटै क्षतिपूर्ति भराउनुपर्छ

समाजवादी मोर्चाको निष्कर्ष- तीनकुने घटनामा सरकारको कमजोरी, राजावादीबाटै क्षतिपूर्ति भराउनुपर्छ

केन्द्रबिन्दु
69
Shares

काठमाडौं । चार दलीय समाजवादी मोर्चाले शुक्रबार तीनकुनेमा भएको राजावादीको आन्दोलनमा सरकारको कमजोरी भएको औंल्याएको छ ।

सोमबार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले २ जनाको ज्यान जानेगरी भएको आन्दोलनमा सुरक्षाका तर्फबाट सरकारको कमजोरी रहेको निष्कर्ष निकालेको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

उनले भने, ‘घटनालाई हेर्ने सन्दर्भमा सरकारको कमजोरी रहेको देखियो । आगामी दिनमा पनि यस्ता घटना हुनसक्छ, सरकारलाई यसबारेमा ध्यानाकर्षण गराउन बैठकले डेलिगेसन गर्ने निर्णय गरेको छ ।’

साथै मोर्चाको बैठकले हिंसात्मक आन्दोलनले पुर्‍याएको क्षतिको पूर्तिका लागि सरकारसँग आग्रह गरिएको र राजावादीहरुबाटै क्षतिपूर्ति भराउनुपर्ने गरी माग पनि गरिएको प्रकाण्डले बताए ।

Logo