कोइराला परिवारका एक मात्र कम्युनिस्ट थिए कमल, बीपीलाई यसरी सम्झन्थे

कोइराला परिवारका एक मात्र कम्युनिस्ट थिए कमल, बीपीलाई यसरी सम्झन्थे

केन्द्रबिन्दु
120
Shares

काठमाडौं । वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक कमल कोइराला ८७ वर्षको उमेरमा आइतबार सधैंका लागि अस्ताए । सिनामंगलस्थित केएमसी अस्पतालमा भर्नामा उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो । केही दिनअघि घरमै लडेका कोइरालालाई उपचारका लागि केएमसी भर्ना गरिएको थियो ।

पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमलले दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर काम गरेका थिए । कोइराला परिवारका एक मात्र कम्युनिस्ट र वामपन्थी विचारधारामा विश्वास राख्ने उनले विभिन्न पत्रपत्रिकामा स्तम्भकारका रुपमा काम गरेका थिए ।

नेपाल प्रेस युनियनले मिति २०८१ भदौ २३ गते प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको एक सय ११औँ जन्मजयन्तीका अवसरमा आयोजना गरिएको ‘पत्रकारिताका सन्दर्भमा बिपी’ विषयक कार्यक्रममा उनले भनेका थिए, ‘पिताजी कृष्णप्रसाद कोइरालादेखि नै हाम्रो परिवारको पत्रकारितामा योगदान छ, कृष्णप्रसादले सूर्यविक्रम ज्ञवाली सम्पादक रहनुभएको जन्मभूमि पत्रिकामा लेख्ने गर्नुहुन्थ्यो । बीपी पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा पत्रकारितामा सङ्लग्न हुनुहुन्थ्यो, साहित्यिक पत्रिका शारदामा पनि उहाँको योगदान छ ।’

Skip This
Skip This
Logo