जनकपुरधामबाट एमालेको उद्घोष- ‘राजतन्त्र फर्किन असम्भव’

जनकपुरधामबाट एमालेको उद्घोष- ‘राजतन्त्र फर्किन असम्भव’

केन्द्रबिन्दु
51
Shares

जनकपुर । नेकपा एमालेले जनकपुरधाममा वृहत मोटरसाइकल र्याली निकालेको छ । गणतन्त्रको पक्षमा तथा एमालेको सांगठानिक गतिविधिलाई सशक्त बनाउने उद्देश्यले पार्टी सोमबार पार्टीले वृहत मोटरसाइकल र्याली निकालेको हो ।

करीब पाँच हजारको संख्यामा जिल्ला अदालतस्थित पार्टी कार्यालयबाट निकालिएको मोटरसाइकल र्याली नगर परिक्रमा गरी तिरहुतिया गाछी पुगेर समापन भएको थियो ।
र‍्यालीमा जनकपुरधामका सबै वडा कमिटीका सदस्यहरू, पार्टीका युवा कार्यकर्ता, स्थानीय नेता तथा समर्थकहरू सहभागिता रहेको थियो । र्यालीमा सहभागीहरुले नेकपा एमाले जिन्दावाद, हत्यारालाई कारबाही गर लगायतका नारा लगाएका थिए ।

एमाले नेता उमाशंकर अरगरियाले पूर्वराजाको गतिविधी, हत्या, हिंसा, लुटपाट जस्ता घटनाहरुप्रति सजग गराउनका लागि र्याली निकालिएको जानकारी दिए । उनले लोकतन्त्रका लागि जनताहरु पूर्ण रुपमा जागरुक रहेको भन्दै गणतन्त्र पक्षधरहरुले र्याली निकालेको बताए ।

देशमा फेरि राजतन्त्र आउन असम्भव रहेको उनले दाबी गरे ।

Logo