काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सांसद पद राजनीतिक प्रतिसोध साँधेर निलम्बन गरिएको बताएका छन् ।
आज रास्वपाका सांसदहरूसहित सिंहदरबारमा पुगेका लामिछानेले सभामुख देवराज घिमिरेलाई अविलम्ब यसलाई फुकुवा गर्न आग्रह गरेका हुन् । ‘यो राजनीतिक प्रतिसोध हो । मैले कति मुद्धा लड्नु, अदालत धाएको धायै छु, थाकिसकेँ । अब संसदबाटै निरुपण गरौं ।’ भेटपछि उनले भने ।
त्यस्तै, अदालत टेकाएको आधारमा सांसद पदको निलम्बन राजनीतिक हतियारको रुपमा प्रयोग गरेर सरकारको सङ्ख्या नै तलमाथि हुने चिन्ता सभामुख घिमिरेले देखाएको पनि उनले जानकारी दिए । उनले भने,‘राजनीतिक प्रतिशाेधका कारणले सांसद पद कसरी निलम्बन गर्न सकिन्छ भनेर दुषित मनसाय राखी अदालतमा टेकाएका आधारमा निलम्बन हुनुहुँदैन भन्ने कुरा मैले राखें । राजनीतिक हतियार प्रयोग गरेर सरकारको सङ्ख्या नै तलमाथि हुन्छ भन्ने कुरामा उहाँ गम्भीर हुनुहुन्छ ।’
आफूलाई चितवनबासीले दुई पटकसम्म जिताएर पठाएको भन्दै थुनामा नरहेको अवस्थामा आफ्नो पद खाली हुन नसक्ने उनको दाबी छ ।





























प्रतिक्रिया