नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरेर सरकारको ९ महिने समिक्षा र महासमिति बैठकबारे आफ्नो धारणा सार्वजनिक गरेको छ। "/>

पत्रकार सम्मेलन गरेर कांग्रेसले सोध्यो- ‘नेपालमा सरकार छ ?’

पत्रकार सम्मेलन गरेर कांग्रेसले सोध्यो- ‘नेपालमा सरकार छ ?’

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरेर सरकारको ९ महिने समिक्षा र महासमिति बैठकबारे आफ्नो धारणा सार्वजनिक गरेको छ। 

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको ९ महिने अवधिको गम्भीर समीक्षा गर्दै ओली नेतृत्वको सरकार पूर्णतः असफल भएको टिप्पणी गरेका छन् । 

उनले नेपालमा सरकार नै नभएको आभास हुन् थालेको भन्दै भने, ‘९ महिना पुगेको यो घडीमा नेपाल देशमा सरकार छ ? छ भने कहाँ छ ?’ प्रबक्ता शर्माले सरकारले ९ महिनामा ९ प्रश्न समेत सामना गर्न नसक्ने बताए। 

मन्त्रिपरिषदको निर्णय ७ दिनमा सार्वजनिक गर्ने भन्ने सरकारी तयारी तत्कालै सूचनाको हक र पारदर्शिताको प्रतिवद्धता विपरीत रहेको कांग्रेसको ठहर छ ।प्रवक्ता शर्माले संघीयताः कम्युनिष्ट दर्शनले नहिँडेको बाटो भएको टिप्पणी गर्दै असफल तुल्याउने सुनिश्चित षड्यन्त्र भइरहेको आशंका व्यक्त गरेका छन्।

त्यसै गरि प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा २ को हत्या भएको उल्लेख गर्दै प्रवक्ता शर्माले शान्ति सुरक्षाको स्थितिमा पनि ह्रास आएको धारणा राखेका छन्। त्यसै गरि यो सरकारको पालामा सुशासन नमचिने पिङ्को सय झट्का भएको भन्दै टिप्पणी गरेको छ।  

पत्रकार सम्मेलनमा महासमिति बैठकको तयारी तिब्र भैरहेको र मङ्सिर ९ गते बैठक बोलाइएको पनि जानकारी दिइयो। त्यसै गरि महासमिति बैठक नेपाली कांग्रेसको केन्द्रिय कार्यालय सानेपाको प्रांगणमै गरिने निश्चित भएको पनि प्रबक्ता शर्माले जानकारी दिए।  

 

Logo