तीनकुने घटनाः मिश्र र राणालाई भेट्न दिनहुँ हिरासत धाउने लिङ्देनदेखि थापा जनधनको क्षतिबाट बेखबर !

तीनकुने घटनाः मिश्र र राणालाई भेट्न दिनहुँ हिरासत धाउने लिङ्देनदेखि थापा जनधनको क्षतिबाट बेखबर !

केन्द्रबिन्दु
330
Shares

काठमाडौं । वर्तमान व्यवस्था विरोधी समूह (राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति)ले गत १५ चैतमा गरेको आन्दोलनले विध्वंसात्मक रुप लिएपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासँग भेटघाट गर्न अध्यक्ष राजेन्द्र लिङ्देनदेखि राप्रपा नेपालका अध्यक्ष कमल थापासम्म हिरासतमा पुगे ।

राजावादीहरुले गरेको त्यो प्रदर्शनमा प्रत्यक्ष प्रसारणका लागि खटिएका पत्रकार सुरेश रजकको जलेर मृत्यु भयो भने एक जना प्रदर्शनकारीको गोली लागेर मृत्यु भयो । यती मात्रै भएन्, प्रदर्शनकारीहरुले तीनकुने–कोटेश्वर क्षेत्रका कतिपय घरहरु आगो लागाएर, ढुङ्गामुडा प्रहार गरेर क्षेतविक्षत बनाए । विध्वंसात्मक रुपले भएको प्रदर्शनले गरेको क्षतिको विषयमा भन्दा सकुशल हिरासतमा रहेका मिश्र र राणालाई भेट्न र उनीहरुबारे थाहा पक्राउ परेको भोलीपल्टै लिङ्देनदेखि थापासम्म पुगे तर प्रदर्शनले पु¥याएको क्षतिको सरकारले जिम्मेवारी लिनुपर्ने भन्दै तर्क दिइरहेका छन् ।

यस्तै, गत चैत १५ गते प्रदर्शनमा भएको क्षति सरकारले नै गरेको भएकाले जिम्मेवारी पनि सरकारले नै लिनुपर्ने राप्रपाका नेता बुद्धिमान तामाङको भनाइ छ । उनले विहिबार केन्द्रविन्दु डट कमसँग टेलिफोन संवाद गर्दै उनले भने, ‘ चैत १५ गते भएको प्रदर्शनमा जसरी राष्ट्रिय गान बजिरहेको वेला टियरग्यास प्रहार भएको छ । जसरी प्रदर्शनकारीलाई उक्साउने कोसिस गरिएको छ । त्यसको जिम्मा राज्यले नै जिम्मा लिनुपर्छ ।’

राजसंस्था पुनस्र्थापनाका लागि जुनसुकैले प्रदर्शन गरेपनि सहयोग गर्ने हेतुले राप्रपाका केहि साथीहरु सहभागी भएको उनले बताए । ‘म पनि त्यो प्रदर्शनमा पुगे, यसो हेरे, निरिक्षण गरेर फर्के । म नगाको होइन्, गएको हो । तर घटना भएको वेला म थिएन्।’ उनले भने ।

‘चैत १५ गतेको घटनाप्रति राप्रपाले खवरदारी गरिरहेकै छ । जुन प्रकारले त्यो दिन दुःखद घटना घटे त्यसप्रति हामी दुखीत छौँ ,’ उनले भने, ‘राजसंस्था पुनस्थापनाका लागि राप्रपाले छुट्टै कार्यक्रम घोषणा गरेको छ । हामी निरन्तर रुपमा भइरहने छ । त्यही कार्यक्रम मार्फत त्यो प्रदर्शनमा सरकारले घटना घटाएको छ त्यसको पनि विरोध गर्ने गरी शाान्तपूर्ण आन्दोलन गर्छौँ ।’

उक्त प्रदर्शनपछि जसरी अहिले जुन किसिमले राप्रपाका नेताहरुलाई हिरासतमा राखेर मुद्धा लगाउने कोसिस गरिएको छ त्यसको हामी घोरविरोध गर्न ७७ वटै जिल्लामा मसाल जुलुस निकाली राप्रपाले घोर विरोध गरिरेहको उनको भनाइ छ । प्रदर्शनमा भएको क्षति राज्यले नै गरेको भन्ने कुरालाई उनले निकै जोड दिए । ‘प्रदर्शनमा भएको क्षतिमा राप्रपाले कुनै चासो दिएकै छ, बेखवर छैन् । स्टेजमा राष्ट्रिय गान बजाइरहेका वेला टियरग्यार हान्छ अनि प्रदर्शनले पारेको क्षतिको राज्यले नै जिम्मा लिनुपर्छ । हामी होइन् ।’

आन्दोलनको कमाण्डर रहेका दुर्गा प्रसाईलाई नमातेर प्रदर्शनमा सहभागी भएकै निहुँमा राप्रपाका नेता मिश्र र राणालाई समातिएको उनको गुनासो छ । ‘उहाँहरुले गर्नै नगरेको कुरामा दोषी बनाएर मुद्धा लगाउने कोसिस गरिएको छ । उहाँहरुले ढुङ्गा हान्या हो र ? उहाँहरुले तोडफोड ग¥या हो र ? उनीहरुलाई उपस्थित भएको भरमा गिरफ्तार गर्ने ? यो राज्यले चालेको कदम गलत छ । गैर कानुनी ढङ्गबाट उहाँहरुलाई थुनामा राखेको छ,’ उनले भने, ‘हामीहरुको साथीहरुलाई मात्रै समात्यो सरकारले दुर्गा प्रसाईलाई समातेको छैन् । जसरी प्रसाईलाई अहिलेसम्म पक्राउ गरेको छैन्, कहीँ उनीहरको मिलेमतो त छैन्? भन्दै शंका व्यक्त गरे । प्रसाई सरकाकै संरक्षणमा छ कि भन्ने पनि शंका उत्पन्न भएको छ ।’

‘उनीहरु अन्यामा परेकाले कार्यवहाक प्रधानमन्त्रीलाई भेटेर छिट्टै रिहाइ गरियोस् भनेको छौँ । आफ्नो बल वुद्धि विवेक लगाएर उहाँहरुलाई बाहिर निकाल्न कोसिस गर्छाै । उहाँहरु अन्यायमा परेका छन् ।’ उनले थपे । उनले उक्त विषयमा बुधवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिमा पनि कुरा उठाएका थिए ।

अध्यक्ष लिङदेन मिश्र र राणालाई भेट्न पक्राउ परेको भोलीपल्टै पुगेका थिए । उनी अहिले पनि भेट्न गइरहन्छन् । प्रत्यक्ष रुपमा प्रदर्शनमा सामेल नभएका अध्यक्ष लिङदेनले भोलिपल्टै लिङ्देनले कार्यसम्पादन समितिको बैठकपछि पत्रकारसँग कुराकानीका क्रममा तीनकुने घटनाप्रति दुःख व्यक्त गर्दै घटनामा भएको जनधनको क्षति सरकारको जिम्मेवार भएको ठर्हयाए । तर, बैठकले ‘जुनले जुन उद्देश्यका लागि आगजनी, तोडफोड र हिंसात्मक गतिविधि गरेको भए पनि निन्दनीय छ । राप्रपा हिंसाको विपक्षमा छ । हिंसात्मक गतिविधि स्वीकार्य हुन सक्दैन,’ भन्ने निर्णय ग¥यो।

यति मात्रै हैन्, उनले पक्राउ आफ्ना नेताहरुलाई २४ घण्टाभित्र रिहाई गर्न सरकारलाई अल्टिमेटम दिएका थिए । उनले भने, ‘शान्तिपूर्ण प्रदर्शनमा सहभागी पार्टीका नेताहरूलाई पक्राउ गरेर फसाउने योजना सरकारले बनाएको छ। उनीहरूलाई २४ घण्टाभित्र विनाशर्त रिहाइ गरियोस् । यदि रिहा भएन भने देशैभरि विरोध प्रदर्शन गर्नेछौँ ।’

यस्तै, राप्रपा नेपालका अध्यक्ष थापा पनि पक्राउ परेकै भोलीपल्ट भेट्न हिरासत पुगेका थिए । भेटका क्रममा थापाले दुवै जनालाई स्वास्थ्यको ख्याल गर्न र चिन्ता नगर्न आग्रह गरेका थिए । दुवै जनाले आफुहरुलाई भेट गर्न आएकोमा थापालाई आभार प्रकट गरेका थिए । भेट गर्न थापा सङ्गै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला सहितका नेताहरु पुगेका थिए । त्यतीवेला अधिवक्ता स्वागत नेपाल पनि हिरासतमै थिए । यद्यपी अहिले प्रदर्शनमा सहभागी भएको नदेखिएपछि उनी हिरासतमुक्त भएका हुन् ।

मिश्र र राणालाई भेट्न दिनहुँजसो राजसंस्था समर्थित दलहरूका नेताहरू आइरहेको काठमाडौैं प्रहरी परिसरका प्रवक्ता अपिल राज बोहोराले बताए । उनले भने, ‘थुनुवाहरुले पाउने सेवासुविधा अनुसार नै उनीहरुलाई पनि दिइएको छ। बिहान ७ बजेदेखि ९ बजेसम्म उहाँहरुका आफन्त, वकिल र पार्टीगतका नेताहरु भेट्न आइरहनुहुन्छ । अनुसन्धानमा गर्नुपर्ने कामहरु हामीले गरिरहेका छौँ ।’

हुन् त स्वभाविक नै हो, आफ्ना पार्टीका नेताहरु हिरासतमा हुँदा भेटघाट गर्नु तर राजावादीले गरेको प्रदर्शनले गरेको क्षति छ त्यहाँबाट पन्छिनु स्वभनिय हुदैँन् । आफ्ना नेताहरुको खवर बुझ्न हिरासत गइरहेका लिङदेनदेखि थापा भने प्रदर्शनले पु¥याएको जनधनको क्षतिबाट वेखबर भएको त देखिदैँन् तर त्यसप्रति चासो नदेखाएको प्रष्ट देख्न सकिन्छ ।

चैत १५ गतेको प्रदर्शन हिंसा र विध्वंसात्मक रुपमा बदलिएपछि सोही रात उपाध्यक्ष मिश्र र राणा पक्राउ परेका थिए । उक्त प्रदर्शन हिंसा, लुटपाट र आगजनीमा बदलियो । दुई जनाको ज्यान जाँदा थुप्रै सार्वजनिक र निजी सरम्पत्तिमाथि आगजनी र तोडफोड हुन पुग्यो । पदर्शनपछि पक्राउ परेका मिश्र र राणालाई हिरासतमा राख्न दुई पटक काठमाडौं जिल्ला अदालतले म्याद थप गरेको छ । पहिलो पटक ५ दिन र दास्रो पटक ७ दिनका लागि अनुसन्धान गर्न म्याद थप गरिएको छ ।

Logo