गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन: महामन्त्री विश्वप्रकाश शर्मा

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन: महामन्त्री विश्वप्रकाश शर्मा

केन्द्रबिन्दु
18
Shares

दमक (झापा) । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्।

नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति झापा क्षेत्र नं ४ प्रदेशसभा (१) को कार्यालय भवनको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले गणतन्त्रको विरुद्ध भइरहेका अवाञ्छित गतिविधि देश र जनताको पक्षमा उपयुक्त नहुने बताए।

राजसंस्थाले आधा भन्दा धेरै जनसङ्ख्या भएका महिलालाई राजा हुनबाट वञ्चित गराएको उल्लेख गर्दै उनले अब एकल जाति, लिङ्गीलाई फेरि पनि देशको शासन व्यवस्थामा ल्याउने कुरा केवल गफ गर्ने मेलोमात्र हुने उनको भनाइ थियो ।

गणतन्त्रको संस्थागत विकासमा कैयौँ चुनौती देखिए पनि त्यसलाई अवसरसँगै चुनौतीका रूपमा काम गर्नतर्फ लाग्नुपर्ने महामन्त्री शर्माको जोड छ । उनले कांग्रेस प्रदेशसभा (१) को नवनिर्मित कार्यालयसहित बिपी भवन निर्माणमा सहयोग गर्ने दाता तथा जग्गादातालाई सम्मान गरेका थिए ।

Skip This
Skip This
Logo