राजा फर्काउन हिँडेकाहरुको असली स्वरुप तीनकुने घटनामा देखियो -प्रधानमन्त्री ओली

राजा फर्काउन हिँडेकाहरुको असली स्वरुप तीनकुने घटनामा देखियो -प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
27
Shares

इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले अरुले २०औं वर्षमा गर्न नसकेको काम ३ वर्षमा गरेको उल्लेख गरेका छन् ।

शनिबार झापाको दमकमा नेकपा एमाले कोशी प्रदेशले आयोजना गरेको प्रदेशस्तरिय जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हुलाकी, मदनभण्डारी जस्ता राजमार्ग ३ वर्षमा बनाइएको बताएका हुन् ।

उनले अराजकताका साथै तोडफोड अब स्वीकार्य हुन नसक्ने बताए । प्रधानमन्त्रीले स्टन्ट बाजी गरेर देश चल्न नसक्ने बताए । उनले भने,‘ड्राइभरको सिटमा कहिले नबसेकोले गाडि हाँक्छु भनेजस्तै हो ।’

उनले राजनीति अस्थिर भएपछि अनेक मानिसहरु निस्किएको बताए । देशमा स्थायीत्व ल्याउने उदेश्यका साथ दुई पार्टी हिँडेको प्रधानमन्त्रीको भनाई छ । उनले भने, ‘दुई इतिहास बोकेका पार्टी एक छौं । अब देशले थप गति लिन्छ ।’

नयाँ भन्नेहरुको हालत देखिएको र जथाभावी छाडा बोलेर देश बनाउँछन् भनेर धाक लगाउनेहरुका भ्रममा नपर्न उनले आग्रह गरे । ऋण तिर्नु पर्दैन भनेर जनता भड्काउनेहरु राजा फर्काउछौं भनेर हिँडेकाहरुकाे असली स्वरुप चैत्र १५ गते देखिएको प्रधानमन्त्री ओलीको भनाई छ ।

Logo