कांग्रेस र एमाले मिल्दैनन् कि भन्ने सपना लोकतन्त्र विरोधीले नदेखे हुन्छ -आनन्दकुमार श्रेष्ठ

कांग्रेस र एमाले मिल्दैनन् कि भन्ने सपना लोकतन्त्र विरोधीले नदेखे हुन्छ -आनन्दकुमार श्रेष्ठ

केन्द्रबिन्दु
39
Shares

रामेछाप । वाग्मती प्रदेश सभा उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले नयाँ नेपाल निर्माणको लागि सोचाइ, चिन्तन र कार्यशैली बदल्नुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल रामेछापले आइतबार मन्थलीमा आयोजना गरेको नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान, भित्तेपात्रो सार्वजनिकीकरण तथा प्रेस स्वतन्त्रता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति श्रेष्ठले विषय बस्तुलाई हेर्ने दृष्टिकोण रचनात्मक हुनुपर्ने बताए ।

पुरातन राज्यव्यवस्था सञ्चालनको शैलीबाट देश अब अघि नबढ्ने उनको धारणा छ । ‘व्यवस्था परिवर्तनले मात्र सबै कुरा परिवर्तन हुँदैन, त्यसका लागि हाम्रा सकारात्मक प्रयास आवश्यक पर्दछ’, उनले भने ।

श्रेष्ठले हरेक कुराको नेतृत्व विचारले नै गर्ने बताउँदै विचार नबोकी गन्तव्यमा नपुगिने बताए । बिचार नभएका अराजकहरूले समाजलाई अराजक बनाउने बाहेक अन्य कुनै काम गर्न नसक्ने उनले स्पष्ट पारे ।

अहिलेको व्यवस्थामा देखिएका सानातिना कमजोरीलाई देखाएर यो व्यवस्थाका विरुद्ध टाउको उठाउन खोज्ने माथि सामूहिक प्रहार आजको आवश्यकता भएको उनले स्पष्ट पारे ।

लोकतन्त्रमा प्रश्न उठाउन पाइने बताउँदै सभापति श्रेष्ठले निरङ्कुशतामा विचार माथि समेत प्रतिबन्ध लाग्ने बताए । दुवै खालको निरङ्कुशता मारलाई बेहोरे अहिलेको परिवर्तनमा देश पुगेको उनले बताए । ‘सबै आलोचनाले मानिसलाई कमजोर बनाउँदैन, बलियो पनि बनाउँछ’, उनले भने ।

अहिले प्रतिक्रान्ति उत्रिएका विरुद्ध आक्रामक हिसाबले उत्रिनु पर्नेमा उनले जोड दिए । यो व्यवस्था ल्याउन लाखौँ मानिसहरूको योगदान र बलिदान रहेको श्रेष्ठले स्पष्ट पारे ।

नेपाली कांग्रेस र एमालेबीच प्रतिस्पर्धा पनि रहेको र लोकतन्त्र र देश रक्षाको लागि एकता पनि रहेको उनले स्पष्ट पारे । ‘सत्ताको सानो लोभमा कांग्रेस र एमाले मिल्दैनन् कि भन्ने सपना लोकतन्त्र विरोधीले नदेखे हुन्छ’, उनले भने ।

श्रेष्ठले नागरिकका केही असन्तुष्टि बढेका भए पनि त्यसलाई सम्बोधन गर्दै दुई दल मिलेर अघि बढ्ने श्रेष्ठले स्पष्ट पारे । अहिले सरकार त्यही दिशामा अघि बढेको उनले जानकारी दिए ।

Skip This
Skip This
Logo