काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नागरिक स्वतन्त्रताभन्दा ठूलो कुनै तन्त्र वा वाद नहुने बताएका छन् ।
चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको घटनापछि मुख नखोलेका पूर्वराजा शाहले आज नयाँ वर्ष २०८२ सालको शुभकामना दिँदै यस्तो बताएका हुन् । साथै नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरूकता पैदा भएको छ, त्यसलाई सकारात्मक रुपमाा लिएको पनि बताएका छन् ।
‘वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ, जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ। नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरूकता पैदा भएको छ त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौं,’ पूर्वराजा शाहले भनेका छन्।
साथै उनले मुलुकमा व्याप्त अशान्ति, अराजकता, निशारा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिले पनि योगदान पुर्याउँदै आएको पनि स्मरण गराएका छन् ।































प्रतिक्रिया