यो वर्ष व्यक्तिगत रुपमा स्थिर र रास्वपाका लागि उतारचढावपूर्ण रह्यो -सांसद हरि ढकाल

यो वर्ष व्यक्तिगत रुपमा स्थिर र रास्वपाका लागि उतारचढावपूर्ण रह्यो -सांसद हरि ढकाल

'राजनीतिले यो वैशाख महिनाभित्र नयाँ मोड लिँदै छ'


काठमाडौं । करिब साढे पाँच महिनापछि राजनीतिमा सक्रिए भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति पुनः पूर्वपक्षका लागि कारागार चलान हुनुपर्ने अवस्था बन्यो । लामो समय मौन रहेका लामिछाने राजनीतिमा सक्रिय भएपछि केहि गराैं भन्दै लाग्दा पक्राउ परेपछि रास्वपा अन्यौलमा परेको देखिन्छ । आज यो वर्षको पनि अन्मि दिन । समग्र रुपमा पछिल्ला राजनीतिक घटनाक्रमलाई हर्ने हो भने रास्वपाका लागि सकसुपूर्ण नै रहेको देखिन्छ । यसै सन्दर्भमा यो वर्ष रास्वपा र व्यक्तिगत रुपमा कस्तो रह्यो भनेर रास्वपाका सांसद हरि ढकालसँग कुरा गरेका छौँ ।

२०८१ को आज अन्तिम दिन, रास्वपा र व्यक्तिगत तपाईंको कस्तो रह्यो यो वर्ष ?

-यहि वर्ष पार्टी सभापतिमाथि षड्यन्त्रपूर्वक राजनीतिक प्रतिशोध साँधेर झन् दुःख दिइरहेका छन् । समग्रमा मेरो क्षेत्रका लागि विनियोजन भएका कार्यक्रमहरु, बजेटका कार्यक्रमहरु, शिक्षकका कार्यक्रमहरु कार्यान्वयनका लागि भव्यतव्य रुपमा खटेँ । मेरो क्षेत्रमा भएका कार्यक्रमहरु सकारात्मक नै छन् ।

अर्थतन्त्रको अवस्था व्यापक रुपमा डमाडोल छ । अर्थतन्त्र चलायमान गर्नुपर्ने विषयमा राज्यले ध्यान दिइरहेको छैन् । यसमा पार्टीगत र व्यक्तिगत तर्फबाट सदनमा यि विषयहरु उठान गरिराख्या छु । तेस्रो सदनमा छौँ । तेस्रो अधिवेशनमा जनहितका कुराहरु,आम नागरिकका विषयहरु वेथितिका विषयहरु सदनमा प्रस्तुत गर्‍या छु । म सार्वजनिक लेखा समितिको सदस्य भएको हुनाले समितिमा उठाउनुपर्ने मुद्धा र बेरुजु/ फर्छ्याैटका विषयहरुमा पनि आवाज उठाइरहेकाे छु । समग्रमा भन्दा पार्टीका लागि उतारचढावपूर्ण र मेरो लागि स्थिर नै छ । पार्टीका लागि राम्रो भएन उतारचढावपूर्ण रह्यो ।

२०८१ मा भएका सुखद् पक्ष पनि छन् । हामीले यहि वर्षमा राष्ट्रिय भेला पनि सम्पन्न गरियौँ । कमिटीका सन्दर्भमा स्पष्ट छैन भन्ने कुरालाई राष्ट्रिय भेलाले चिर्‍यो। राष्ट्रिय भेला भव्यताका साथ सम्पन्न गर्नु यो वर्षको ठुलो उपलब्धि हो । अर्काे उपलब्धि भनेको महाअधिवेशनका लागि ७० वटा जिल्लाहरुमा भेला सम्पन्न गरिसक्या छौँ । पालिकाहरुमा भेला भइरहेको छ । संगठन निर्माणको सन्दर्भमा तल्लो स्तरमा एकदकै राम्रो भइरहेको छ । पार्टी नेतृत्वप्रतिको प्रतिशोधका कारण पार्टीलाई आघात नै परेको छ ।

महाअधिवेशन समयमै हुन्छ ?

-महाअधिवेशनका सन्दर्भमा वैशाख ४ गते केन्द्रिय कमिटिको बैठक बस्दै छ । अघिल्लो बैठकमा महाअधिवेशन हुन सक्छ वा सक्दैन् भन्ने विषयमा छलफल हुन्छ । समयमै महाअधिवेशन गराउनका लागि सांगठनिक रुपमा तयार नै हो । तर रास्वपाको नेतृत्वनै थुना रहेको वेला केन्द्रिय समितिले नै निर्णय गर्छ ।

सभापति लामिछाने कारागारमा छन्, त्यसको रास्वापामाथि कत्तिको प्रभाव परेको छ ?

-लिडर त्यत्तिकै जन्मिँँदैन । पत्रकार हुँदा पनि उहाँले जनताको पक्षमै काम गर्नुभएको हो । सरकारले गर्न नसकेका काम, सरकारका निकायले गर्न नसकेका काम एउटा टेलिभिजनबाट कार्यक्रम चलाएर जनताको आवाज उठाएर जम्मेका नेता हुन् । राजनीतिक इतिहासमा नेताहरु वर्षाैं जेलमा बस्नुपरेको छ । जेलमै भएका लिडरको समन्वयमा पनि कामहरु भइरहेको छ । हामीले पनि त्यहिलाई नै निरन्तरता दिइरहेका छौँ । हिजो दिनमा ८४ सम्म हिरासतमा रहँदा पनि हामीले सांगठनिक कामहरु उहाँको समन्वयमा गरिरराख्या थियौँ ।

चैत २३ बाट जनयात्राको अभियान सुरु गरेका छौँ । यो अभियानलाई सातै प्रदेशमा लैजान पनि निर्देशन भएको छ । बाहिर जसरी भनिएको छ, त्यसरी आन्तरिक रुपमा कत्ति पनि भएको छैन । समन्वयमै कामहरु भइरहेको छ । प्रत्यक्ष वा भौतिक रुपमै सभापतिसँगैको कार्यक्रमहरु र साथ मात्रै दिने कार्यक्रममा फरक त भइ नै हाल्छ ।

अभिभावकको कमी देखियो होइन ?

-सभापति नहुँदा अभिभावकको कमी त देखिन्छ नै । त्यो स्वभाविक पनि हो । किनभने पूर्वमेचीदेखि पश्चिम महाकाली, हिमाल, पहाड र तराई जहाँ जाँदापनि वृद्धवृद्धा लगायत आम नागरिकले रवि लामिछानेलाई कत्ति दुःख देका भन्ने यो आवाज छ । आम नागरिकमा अनुभूति भइसकेको छ । सहकारीको विषयमा सदनमा छानविन समिति बन्दै गर्दाखेरी सहकारीको रकम ल्याउनमा हात छ कि छैन् भन्ने विषयमा छानविन गर्नुपर्ने थियो।

४४९ पेजको लामो प्रतिवेदनले सहकारीको रकम ल्याउनमा रवि लामिछानेको कुनै हात छैन् भन्ने कुरा प्रष्ट लेखेको छ । उक्त रकम जिबी राईमाफर्त गोर्खा मिडियामा आयो । त्यो रकम चलाउदाँखेरि कहीं कतै गडबडी छ कि त्यसको छानविन गर्नु र प्रचलित कानुन अनुसार कारवाहि गर्नु भन्ने सिफारिस हो । त्यो भनेको प्रचलित कानुन अनुसार भनेको कम्पनि ऐन २०६३ अनुसार हो ।

तर अहिले मुद्धा कसरी लगाइयो भने सांगठित अपराधका मुद्धाहरु, सम्पत्ति शुद्धिकरणका मुदाहरु । यो विल्कुलै राज्यले नयाँ दल नयाँ शक्तिहरु हुदाँ सभापतिमाथि एकदमै खनिएको छ । जुन अहिले पुराना दललाई नयाँ दल सक्काए भन्ने आभास होला । तर नागरिकहरुले बुझिसके ।

राजनीतिमा सक्रिय भएको पाँच दिनमै सभापतिलाई पक्राउ गरियो । त्यसमा तपाईंकाे केही टिप्पणी छ ?

-अस्ति जसरी सभापति ज्यू पक्राउ पर्नुभयो, त्यसमा एउटा कुरा नियाल्नुपर्ने छ । सम्मानित अदालतका प्रक्रिया र निर्णयका विषयमा टिप्पणी गर्दिनँ । सञ्चालक स्वयं रहेर ऋण लिएका अपचलन गरेकाहरुलाई धरौटीमा त छोडिएकाे छ । सभापति ज्यूको प्रत्यक्ष संलग्न छैन भनेर प्रतिवेदनमा भनिएकाे छ । तर उहाँलाई करोडौंको धरौटी माग गरेर, पैतिृक सम्पत्ति रोक्का गरेर, अझ थुनामा राखेर थप अनुसन्धान गर्नुपर्ने विषयहरुलाई नागरिकले नजिकबाट नियालिरहेका छन् । हिजो द्वन्दको वेला पनि यति निराश थिएन होला, जति अहिले छन् ।

अदालतको भूमिकामा आम नागरिकले चासो राख्नछन् भन्ने हेक्का अदालतलाई पनि छ ।

‘अब जान्नेलाई छान्ने’ भनेर उदाएको रास्वपा छोटो समयमै संसदको चौथो ठुलो दल बन्यो । सभापति पक्राउ परेपछि रास्वपाले तय गरेअनुसार काम गर्न सकेन, सभापतिकै वरिपरी रुमल्लियो भन्ने टिप्पणी छ नी ?

-सबैभन्दा पहिला सदनमा संख्या पुगेन । २१ सिटको संख्याले हामीलाई पर्याप्त भएन । संसदीय अभ्यासमा संख्याको महत्व कस्तो हुन्छ ? भन्ने कुरा राजनीतिमा अभ्यस्त र विवरण जान्नेहरुले बुझिहाल्छन् । तर, हामीले हाम्रा कोसिसहरु सदनमा देखाएका छौं । सदनप्रति आम नागरिकको चासो, सदनलाई हेर्ने, सदनलाई नियाल्ने, यो कुरा हाम्रो उपस्थितिपश्चात सदनको टिआरपी रेस बढेको छ । सदनमा पनि गएर जनताका आवाज नबोलिदिने कतिपय सांसदहरुलाई रास्वपाले झकझक्याएको छ ।

हाम्रो संख्याले भ्याएको भूमिका निर्वाह गरिराख्या छौँ । वेथितिको पहाडमा छौँ । सरकारमा रहँदाखेरि केहि कोसिस गर्‍या हौँ । सदनदेखि समितिमा गरेको खबरदारीले यत्रा वर्ष गरेको वेथितिलाई कत्तिको न्याय गर्‍यो ? जनताले हेरिराख्छ । सङ्ख्याको अभाव थियो । सङ्ख्याको अभावमा पनि सरकारमा जान गलत कोसिस गर्‍या थियौं । त्यो राष्ट्रिय भेलाबाट आत्मसमिक्षा गरेका छौँ । कोसिसमा खोट थिएन् । नागरिकले पक्कै मूल्याङ्कन त गरेका होलान् ।

सभापति चाँडै छुट्ने सम्भावना देखिँदैन । ८२ सालमा रास्वपाले के गर्छ ?

-सबैभन्दा पहिले हाम्रो राष्ट्रिय महाअधिवेशन नै हो । महाअधिवेशनका लागि जिल्ला, नगर भेला सकेसम्म सक्छौँ । महाअधिवेशन गर्नका लागि पार्टी सभापतिलाई कानुनी झन्झट हुँदैन भने तोकेकै समयमा ८१ मा महाअधिवेशन गर्छाैं ।

राजनीतिले यो वैशाख महिनाभित्र नयाँ मोड लिँदै छ । यो सरकारको विकल्प खोजिँदै गर्दा त्यसलाई रास्वपाले सुक्ष्म निगरानी गर्छ । यसलाई नौलो मान्दैन । यो ३५ वर्षमा ८/९ महिना पुगेपछि गठबन्धन टुट्ने नयाँ समिकरण बन्ने दिशामा छ । हिजोका दिनमा राजनीतिमा हुने विषयमा राम्ररी अनुभव थिएन । यो साढे २ वर्षको ६ वटा सदनले हामीलाई धेरै कुराहरु सिकाएको छ । सदनमा कतिपय प्राविधिक पक्ष पनि हुने रहेछन् । यि कुराहरु हामीले बुझेनौँ । हामीमा निखार आएको छ । आउँदो सदन पेचिलो बन्छ । अर्थतन्त्रको अवस्था र जनताका आवाज सदनबाट जोडतोडका साथ उठाउने योजना छ ।

Skip This
Skip This
Logo