सरकार ढल्छ भन्नेहरु पुर्पुरामा हात लगाएर बसेका छन् -प्रधानमन्त्री ओली

सरकार ढल्छ भन्नेहरु पुर्पुरामा हात लगाएर बसेका छन् -प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्छ भनेर हल्ला गर्नेहरु पुर्पुरामा हात लगाएर बसेको टिप्पणी गरेका छन् ।

शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हिजोसम्म आगै बाल्न खोजेका थिए । सरकार बाङ्गिसक्यो । शेरबहादुरजी थाइल्याण्डबाट नेपाल आइपुग्ने बित्तिकै ढल्छ भनेर भनेका थिए । मैले त भ्रम फिँजाउनेहरुका पछाडि नलाग्नुस् । आफ्नो मिसन र काममा लाग्नुस्, चुनावमा लाग्नुस् भनेकै थिएँ । शेरबहादुरजीले फर्केर आएर सरकार ढल्दैन भनेपछि भ्रम फल्याउनेहरु फत्र्याकै गलेका छन्, खुई गरेर पुर्पुरोमा हात लगाएर विचराहरू थचक्क बसेका छन् । सरकार ढल्दैन भनेपछि सकियो । त्यसकारण एउटै कुराको जवाफ धेरै पटक खोज्नतिर हामी लाग्नु हुँदैन ।

उनले थपे, ‘मुलुकमा स्थिरता, स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि दुई ठुला दलको सहकार्यमा बनेको सरकारले आगामी आर्थिक वर्षका लागि सन्तुलित र सम्भव हुने खालको नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको छ । हामी सबैको ध्यान त्यसमा केन्द्रित भएको छ । हल्लाको पछाडि कोही पनि लाग्नु पर्दैन ।’

शुक्रवार थाइल्याण्ड भ्रमणबाट फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले गठबन्धनमा कुनै समस्या नभएको जिकिर गरेका थिए । सोही जवाफमा प्रधानमन्त्री ओलीको यो कटाक्ष आएको हो ।

साथै प्रधानमन्त्री ओलीले सांसदहरूलाई संसद्‌मा बोलिएका गलत कुराहरूको तत्काल प्रतिवाद गर्न निर्देशन दिएका छन्। संसद्‌मा राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्न उनकाे भनाइ छ ।

Skip This
Skip This
Logo